डा.तिवारीलाई गण्डकी र डा.भट्टचनालाई प्रदेश १ को स्वास्थ्य सचिवको जिम्मेवारी
काठमाडौं, २५ माघ । सरकारले स्वास्थ्य तर्फका दुई जना चिकित्सकलाई प्रदेशको स्वास्थ्य सचिवमा पठाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा सङ्घीय मामिला तथा सामान्य प्रशासनले स्वास्थ्यका ११ औँ तहका डा. अनुज भट्टचनलाई प्रदेश नं. १ को स्वास्थ्य सचिव र डा. श्रीराम तिवारीलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा पठाउने निर्णय भएको हो ।
मन्त्रालय कर्मचारी प्रशासन शाखाका रघुराम विष्टले डा. भट्टचनलाई प्रदेश नं १ को स्वास्थ्य सचिव र डा. तिवारीलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउने निर्णय भएको बताए ।
लामो समय फाजिलमा रहेका डा. भट्टचनलाई गत १२ मंसिरमा स्वास्थ्यले गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउन सामान्यलाई सिफारिस गरेको थियो । यस्तै पोखराका लागि सिफारिस भएका डा.तिवारी २७ दिन अघि केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको रुपमा नियुक्त भएका थिए ।