बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
काठमाडौं, २५ माघ । थप ८ लाख ६२ हजार ८० मात्रा कोरोनाविरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा उपलब्ध एस्ट्राजेनेकाको २१ लाख ७४ हजार १ सय ६० मात्रा खोपमध्ये थप ८ लाख ६२ हजार ८० मात्रा खोप सोमवार नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्रले चौरसियाले बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप फागुन २ गते नेपाल आइपुग्ने बताए ।
सरकारले आगामी चैत मसान्तसम्म लक्षित सबै वर्गलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिए अनुसार खोप ल्याउँदै आएको छ ।
आएका खोपहरू पालो अनुसार पहिलो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा र दोस्रो मात्रा लगाउन बाँकी भएकालाई दोस्रो मात्रा तथा बुस्टर लगाइने चौरसियाले बताए ।