गत २४ घन्टामा ६ हजार बढी स्वस्थ हुँदा १ हजार ५ सय ७० संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,२४ माघ । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १३ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय २७ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ३ सय ६५ कोरोना परीक्षण गरिएको छ । जसमा ७ हजार ८ सय ७४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४ सय ९१ एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ६ हजार १ सय ४६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ९ लाख १५ हजार ४ सय ८९ पुगेको छ। 

गत २४ घन्टामा देशभर १ लाख ७८ हजार ७१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन । 

Last modified on 2022-02-08 12:08:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts