प्रदेश १ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी जयराम यादवलाई



Download our app to get more features

विराटनगर, २३ माघ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। आइतबार भएको मन्त्रिपरिषद् विस्तारसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।

निवनियुक्त मन्त्रीहरूमा, खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू-संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री ओमप्रशाक सरावगी‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरे नियुक्त भएका छन्। नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी भइरहेको छ। जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका  थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। एकीकृत समाजवादीबाट राजन राई, खिनु लङ्वा लिम्बु र उपेन्द्र घिमिरे, माओवादी केन्द्रबाट रामकुमार राई र झलकबहादुर मगर र कांग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी र शेखरचन्द्र थापा मन्त्री बनेका हुन्।

प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३  बनाएको छ।

Last modified on 2022-02-07 10:25:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts