नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख नाघ्यो, सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजारमा झरेको छ ।

झन्डै एक लाख नजिक पुगेको कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समय निरन्तर उकालो लाग्दै गएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७ सय ८० रहे को छ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ४ हजार ७ सय ७१ जना स्वस्थ भएका छन्। योसँगै नेपालमा कोरोनाका सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६ सय ३९ पगेको छ । 

मन्त्रालयको अद्य्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर जम्मा १ हजार ७ सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर जम्मा ८ हजार ५ सय १३ कोरोना परीक्षण गरिएको छ । जसमा  ५ हजार २ सय २५ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय ३ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ६ सय ११ जनाया कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ३ पुगेको छ ।

Last modified on 2022-02-06 15:43:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts