विश्व क्यान्सर दिवस : नेपालमा क्यान्सर उपचारका समस्या र चुनौती



Download our app to get more features

काठमाडौं,२१ माघ । विश्वव्यापी नै क्यान्सरलाई मृत्यको दोस्रो कारणको रुपमा मानिने गरिन्छ । सन २०१८ मा लगभग ९६ लाख जनाको मृत्यु क्यान्सरबाट भएको थियो । 

क्यान्सरबाट हुने मृत्युमध्ये करिब ७० प्रतिशत कम र मध्यम आय भएको देशहरुमा हुने गर्दछ । बेलैमा रोगको पहिचान नहुनु,रोगको पहिचान हुँदासम्म अन्तिम अवस्थामा पुगीसकेको हुनु,उचित उपचारको व्यवस्था नहुनु र क्यान्सर रोगको उपचारको पहुँच सिमित वर्गसँग मात्र हुनु त्यसका कारणहरु मानिन्छ । 

तथ्यांक अनुसार क्यान्सरबाट हुने २२ प्रतिशत मृत्युको कारण सुतीजन्य पदार्थको सेवन रहेको छ भने २५ प्रतिशत क्यान्सरका घटनाहरुमा हेपाटाइटिस,एचआइभी जस्ता संक्रमक रोगहरु जिम्मेवार रहेको मानिन्छ । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा आर्थिक वर्ष २०७५/७६ सम्ममा ३७ हजार १ सय २१ जना क्यान्सर रोगबाट ग्रसित छन । 

महाशाखाकाले उक्त समस्या समाधानका लागि बचावटको उपाय,उपचार,शीघ्र निदान र प्राथमिक स्याहार जस्ता कार्यक्रमहरु गर्नुपर्ने बताएको छ । 

त्यस्तै नेपालमा क्यान्सर नियन्त्रणका लागि दक्ष जनशक्ति श्रोत साधन र पूर्वाधार सिमित भएको,कलिलै उमेरमा मृत्यु हुने,उत्पादनशिल उमेर समुहमा मृत्यु र जनसंख्याको सरदर उमेर बढ्दो क्रममा रहेको,क्यान्सरको उपचारमा स्वास्थ्यमा सर्बव्यापी पहुचको बिषय महत्वपुर्ण भएको,क्यान्सरको महँगो उपचारलाई समेट्ने गरी स्वास्थ्य बिमाको व्यवस्था र स्वास्थ्य क्षेत्रमा बजेटको वृद्धि साथै क्यान्सर स्याहारमा बजेट र सुबिधा थप्नु पर्ने अबस्था रहेको महाशाखाले जनाएको छ ।  

Last modified on 2022-02-04 19:14:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts