गत २४ घन्टामा २ हजार ५ सय २६ जनामा कोरोना पुष्टि,थप १६ जनाको मृत्यु
काठमाडौं,२१ माघ । नेपालमा गत २४ घन्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ७३ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ६ सय ५५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ६ सय २ र ४ हजार ४ सय १८ एन्टीजेन परीक्षण गर्दा ९ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ८ हजार ४ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ८ लाख ९५ हजार ८ सय ८६ पुगेको छ।
गत २४ घन्टामा देशभर ५ लाख १३ हजार ५१ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन ।