देशभर थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ।

बिहीबार ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ।

Last modified on 2022-02-04 07:20:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts