नेपालमा ओमिक्रोनको सहप्रजाति फैलिएको हो ?
काठमाडौं,२० माघ । अहिले एशिया र युरोपका धेरै देशहरूले बीए.2 का संक्रमण बढिरहेको बताइरहेका छन् ।
डब्ल्यूएचओका अनुसार उक्त सहप्रजाति फिलिपिन्स, नेपाल, कतार, भारत र डेनमार्कमा प्रभावशाली बनिसकेको छ ।
नेपालमा पनि ओमिक्रोनको सहप्रजाति बीए.2 फैलिसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश गुप्ताले नेपालमा पनि ओमिक्रोनको सहप्रजाति बीए.2 बताए ।
उनले पछिल्लो समय नेपालमा पुष्टि भएको प्रायः सबैमा ओमिक्रोनको सहप्रजाति रहेको बताए ।
गुप्ता भन्छन्,'ओमिक्रोनको बिए वानमा एसजिन नेगेटिभ देखाउँछ भने बिए टुमा पोजेटिभ देखाउँछ । डब्ल्यूएचओले भने जस्तै बिए वान भन्दा बिए टु संक्रमण फैलने दर बढी रहेको छ ।'
ओमिक्रोनको बिए टु संक्रमण हुँदा पनि बिए वानको जस्तै लक्षणहरु देखा पर्ने चिकित्सकहरुले बताएका छन् ।
नेपालमा ओमिक्रोन बिए वान भएकाहरुलाई पुन बिए टु संक्रमण भइरहेको पनि चिकित्सकहरुले बताइरहेका छन ।