रसुवाका ९५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप



Download our app to get more features

रसुवा, २० माघ । रसुवा जिल्लाका ९५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार मापदण्ड पूरा गरेका १८ वर्षभन्दा माथिका ९५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका हुन् ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउनयोग्य २९ हजार १ सय ६ जना रहेकोमा २९ हजार १ सय १ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९ दशमलव ९९ प्रतिशत हो ।

हालसम्म कोभिशिल्ड खोपको १ हजार ३० जनाले पूर्ण मात्रा लगाएका छन् भने २० हजार १ सय ५६ जनाले भेरोसेलको पूर्ण मात्रा लगएका छन् ।

एक मात्रा मात्रै लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप २ हजार जनालाई लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कुल ४ हजार २ सय ५६ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

कार्यालयका अनुसार रसुवामा १२ देखि १७ वर्षसम्मका ४ हजार ७ सय ४३ जना बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने लक्ष्य रहेको छ । जसमा ३ हजार ४ सय ३ जना बालबालिकाले  कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

सबैले पूर्ण मात्रा कोरोनाविरुद्धको खोप लगाएपछि रसुवा पूर्ण खोपयुक्त जिल्ला पनि बनेको हो । 

Last modified on 2022-02-03 09:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts