एकैदिन ८ लाख बढीले लगाए कोरोनाविरुद्वको खोप,थप १२ जनाको  मृत्यु



Download our app to get more features

काठमाडौं,१९ माघ । नेपालमा गत ४ दिनयता कोरोनाबाट १२ जनाको  मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा ११ हजार ५ सय ८२ कोरोना परीक्षण गरिएको छ । जसमा ६ हजार ४ सय ९९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ हजार २ सय ५ र ५ हजार ८३ एन्टीजेन परीक्षण गर्दा १ हजार ४ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५ सय ५५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरानाबाट स्वस्थ हुनेको संख्या ८ लाख ७८ हजार ७ सय २० पुगेको छ। 

गत २४ घन्टामा देशभर ८ लाख १५ हजार ७ सय ९६ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन । 

Last modified on 2022-02-03 09:52:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts