खोप लगाएका धरानका एक पुरुषको कोरोनाबाट मृत्यु



Download our app to get more features

काठमाडौं, १९ माघ ।  सुनसरीको धरान उपमहानगरपालिका–१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए। उनमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो।

पोखरेलका अनुसार ती पुरुष मिर्गौलाका बिरामी रहेका थिए। उनले कोरोनाविरुद्धको खोप लगाएका थिए।

Last modified on 2022-02-02 16:41:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts