जिल्ला अस्पताल स्याङ्जामा महिनौपछि अक्सिजन प्लान्ट सञ्चालन



Download our app to get more features

स्याङ्जा, १९ माघ ।  जिल्ला अस्पताल स्याङ्जामा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । जिल्ला अस्पतालमा विद्युतको क्षमता विस्तार नहुँदा लामो समयदेखि अक्सिजन प्लान्ट जडान भएर पनि सञ्चालनमा आउन सकेको थिएन । 

कोरोना भाइरसको संक्रमणकाे समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना संक्रमण दर बढ्दै गएपछि प्लान्ट सञ्चालनका लागि प्रजिअ पौडेलले समन्वय गरेका थिए । अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अब जिल्लाका बिरामीलाई अक्सिजनको अभाव नहुने अस्पताल सञ्चालक समितिका अध्यक्ष ईन्द्रबहादुर गोदारले बताए ।

पन्ध्र एनएमक्यूब क्षमताको उक्त प्लान्टले प्रतिघण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्न सक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यले जानकारी दिए ।

Last modified on 2022-02-02 11:55:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts