भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

काठमाडौं, १९ माघ ।  बाँकेको भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

पुस २४ गते अस्पताल भर्ना भएका जिल्लाको खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज ओलीले जानकारी दिए। 

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ।

Last modified on 2022-02-02 11:56:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts