पछिल्लो २४ घण्टामा ५ हजार २८३ जनामा संक्रमण, ८ हजार २६७ निको
काठमाडौं, १८ माघ । पछिल्लो २४ घण्टामा ५ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ वटा नमुना परीक्षण गर्दा ५ हजार २८३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार १० हजार ७७६ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ६५७ जनामा र ६ हजार ८९८ जनामा एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण देखिएको हो।
योसँगै देशभर सक्रिय संक्रमितको ७४ हजार ६५३ रहेको छ। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना डिस्चार्ज भएका छन् भने मृत्यु ९ जनाको भएको छ।
Last modified on 2022-02-02 10:22:20