कोरोना संक्रमित एक महिलाको मृत्यु



Download our app to get more features

मोरङ, १८ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान ८ की ५२ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो। कोभिड १९ विरुद्धको खोप लगाएकी महिलामा मृगौला सम्बन्धी समस्या रहेको उनले जानकारी दिए।

महिलामा मधुमेहदेखि उच्च रक्तचापको समस्या रहेको डा. पोखरेलले बताए। आइतबार पीसीआर परिक्षणमा पोजिटिभ रिपोर्ट आएपछि उनलाई सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

महिलाको मृत्युसँगै प्रतिष्ठानमा हालसम्म संक्रमितको उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ४ सय ३५ जना पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts