सिजपद्वारा १२ वर्षमाथिका सबै बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

काठमाडौं, १८ माघ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
सिजपका अध्यक्ष राजेश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिका खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेको छ ।
विज्ञप्तिमा युनिसेफ तथा नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयहरूलाई बालबालिकालाई दिइने कोभिडविरुद्धको पूर्ण खोपका लागि नेपाललाई पहल गरिदिन पनि आग्रह गरिएको छ ।