२३ लाख ४० हजार डोज मोर्डना खोप आइपुग्यो



Download our app to get more features

काठमाडौं, १८ माघ । कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको छ।

हिजो (सोमबार) बेलुकी र आज (मंगलबार) बिहान गरी २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। 

कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सरकारले खरिद गरेको हो। हाल सो खोपलाई टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा राखिने र एक दुई दिनमा नै प्रदेशहरूमा पठाइने  खोप व्यवस्थापन महाशाखाले जनाएको छ।

सरकारले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको थियो। त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको छ। भने  २३ लाख ४० हजार डोज मोर्डना खोप आइपुगेको हो। यो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ।

सरकारले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिन थप खोपहरू पनि ल्याउँदैछ। कोभ्याक्स सुविधामार्फत नै थप ६२ लाख मात्रा खोप अनुदानमा ल्याउने प्रक्रिया पनि अघि बढिसकेको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्राले जानकारी दिइन्।  ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउन ८४ लाख मात्रा फाइजर खोप खरिद गर्ने सरकारको तयारी छ।

Last modified on 2022-02-02 10:21:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts