त्रिशूली अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा सुरु



Download our app to get more features

नुवाकोट, १८ माघ । नुवाकोटको जिल्ला अस्पताल त्रिशूलीमा पित्तथैलीको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा सेवा सुरु भएसँगै सर्वसाधारणलाई उपचारका लागि काठमाडौ तथा अन्य स्थान जानु पर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

विदुर नगरपालिका–९ कोलोनीमा रहेको नुवाकोट जिल्ला अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्तथैलीको सफल शल्यक्रिया सुरु भएको हो । 

अस्पतालका जनरल सर्जन डा. प्रेमप्रकाश पौडेल र एनेस्थेसियोलोजिस्ट डा. रिमा खड्काको नेतृत्त्वमा चिकित्सकहरूको टोलीले दूरबिन प्रविधिको प्रयोग गरेर पित्तथैलीको शल्यक्रिया गरेको हो ।

अस्पतालमा पहिलोपटक बिरामीको दूरबिनबाट पित्तथैलीको पित्तथैलीको सफल शल्यक्रिया गरिएको डा. पौडेलले बताए । उनले पहिलो पटक तीन जनाको सफल शल्यक्रिया गरिएको पनि जानकारी दिए ।

Last modified on 2022-02-01 07:59:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts