चितवनमा शिक्षक अस्पताल बनाउने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, १८ माघ । सरकारले चितवनमा शिक्षक अस्पताल बनाउने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्ने निर्णय गरेको हो । 

शिक्षामन्त्री देवेन्द्र पौडेले मन्त्रिपरिषदमा शिक्षक अस्पताल निर्माणका लागि प्रस्ताव पेश गरेका थिए ।

२१ बिगहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । 

शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो । बिमल शर्मा चालिसे संयोजकत्वको सम्भाव्यता समितिले यी ठाँउ प्रस्ताव गरेको हो ।

हाल देशमा सेना र प्रहरी बाहेक निजामति कर्मचारीको अस्पताल सञ्चालनमा रहेको छ ।

Last modified on 2022-02-02 10:20:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts