नेपालमा कोरोनाको नयाँ संक्रमित थपिनेभन्दा निको हुनेदर बढ्यो, मृत्युदर पनि बढ्दै



Download our app to get more features

काठमाडौं, १७ माघ । नेपालमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमित थपिनेभन्दा निको हुनेदर बढ्न थालेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढ्न थालेको हो ।

गत २४ घन्टामा मात्रै देशभर रहेका सक्रिय संक्रमितमध्ये ८ हजार १ सय ९१ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६२ हजार ८ सय ९८ पुगेको छ । 

यस्तै नेपालमा संक्रमित थपिनेभन्दा मृत्यु हुनेदर पनि बढ्न थालेको छ । पछिल्लो समय दैनिक मृत्युदर ५ नाघेको छ । सरकारले हुन त अद्यावधिक गरेर मृत्यु हुनेको संख्या बढेको बताएपनि पछिल्लो समय १ मा झरेको मृत्युदर ८ भन्दा माथि पुगेको छ ।

गत २४ घन्टामा पनि देशभर ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ । 

गत २४ घन्टामा देशभर भने ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा १६ हजार ८८ कोरोना परीक्षण गर्दा ५ हजार २ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ । 

जसमा ३ हजार ४ सय ७२ जनामा आरटी पिसिआर र १ हजार ८ सय २० जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ९ लाख ५३ हजार ९ सय १३ र १ लाख २८ हजार ७ सय ५५ जनामा एन्टिजेन विधिबाट कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

Last modified on 2022-02-01 09:04:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts