नेपालमा थप २३ लाख ४० हजार डोज मोडर्ना खोप ल्याइँदै
काठमाडौं,१७ माघ । नेपालमा थप२३ लाख ४० हजार मात्रा मोडर्ना खोप ल्याइँदै छ। कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा सो खोप सोमबार र मंगलबार नेपाल ल्याउन लागिएको हो ।
स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले कोभ्याक्स मार्फत विश्व बैंकको ऋण सहायतामा ४० लाख मोडर्ना खोप ल्याउने भनेको र त्यसमध्ये १६ लाख ६० हजार मात्रा खोप यसअघि नै आइसकेको बताए ।
सरकारले मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउदै आइरहेको छ ।