हराएको २४ लाख डोज खोप खोज्न छानबिन समिति गठन
काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको हराएको भनिएको २४ लाख डोज खोपको तथ्यांक खोजी गर्नका लागि छानबिन समिति गठन गरेको छ ।
सरकारले हराएको भनिएको २४ लाख डोज कोरोनाविरुद्धको खोपको खोजी गर्न छानबिन समिति बनाएको छ ।
यसअघि मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । त्यति ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छातनबिनका लागि ५ सदस्यीय समिति बनाएको हो ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
उक्त ५ सदस्यीय समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ । मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राका अनुसार समितिलाई प्रतिवेदन बुझाउन २ हप्ताको समयसीमा दिइएको छ ।