सेती अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु
कैलाली,१६ माघ । पछिल्लो २४ घण्टामा कैलालीको सेती अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीकी एक महिला र कञ्चनपुरका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार ती महिलाको शनिबार (हिजो)देखि अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको थियो ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । शनिबार अस्पताल भर्ना भएका उनको आइसियूका राखेर उपचार भइरहेको थियो।