नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन लिने
काठमाडौं,१६ माघ । नेपाल नर्सिङ काउन्सिलले विशेषज्ञ नर्सको नाम दर्ताका लागि फागुन १ गतेबाट आवेदन लिने भएको छ।
आइतबार काउन्सिलले सूचना जारी गर्दै फागुन १ देखि चैत मसान्तसम्म अनलाइन फर्म भर्न आह्वान गरेको हो ।
काउन्सिलले सक्कल कागजपत्रलाई स्पष्ट बुझिने गरी स्क्यान गरी अनलाइन अपलोड गर्न सकिने जनाएको छ । नाम दर्ताका लागि ८ वटा कागजपत्र आवश्यक रहेको काउन्सिलले जनाएको छ ।