नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थाल्यो, निको हुनेदर उकालो लाग्दै



Download our app to get more features

काठमाडौं, १५ माघ । नेपालमा काेराेना सङ्क्रमणको दर घट्न थालेको छ भने निको हुनेको सङ्ख्या बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर जम्मा ४ हजार ९ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जबकि गत २४ घन्टामा देशभर ५ हजार ९ सय २४ जना स्वस्थ भएका छन्।

मन्त्रालयको अद्य्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १४ हजार ५ सय ६२ कोरोना परीक्षण गरिएको छ । जसमा १० हजार १ सय १ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३ सय १८ र ४ हजार ४ सय ६१ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ५ सय ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ४७ हजार ३ सय ९२ र एन्टीजेन विधिबाट १ लाख २६ हजार ४ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ४८ हजार ३ सय ६० रहे को छ । 

गत २४ घन्टामा देशभर थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ७ सय ३ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ लाख ७२ हजार ७ सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३ सय २९ रहेको छ।

 

 

 

 

 

 

Last modified on 2022-01-30 12:15:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts