खोप अभियानको एक वर्ष : स्वास्थ्यमन्त्री खतिवडाले भने अभियानमा संलग्न सबैलाई धन्यवाद
काठमाडौं,१४ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले खोप अभियानमा संलग्न सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
खतिवडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरूसहित संलग्न सैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ,'खोप तथा खोपजन्य सामाग्रीको विश्वव्यापी चुनौतीकाबिच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहहरुको सहयोग र सहजीकरण गर्नु हुने सम्पूर्ण राप्ट्रिय, अन्तर्राष्ट्रिय संघ, संस्था, निकायहरू, जनप्रतर्तानधिहरू, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मीहरु तथा कमंचारीहरू, आमसन्तार माध्यमहरू, आमसर्वसाधारणहरु सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु।'
Last modified on 2022-01-30 07:20:25