कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडीओहरुको बैठक बस्दै 



Download our app to get more features

काठमाडौं,१४ माघ । कोरोना संक्रमण नियन्त्रणबारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडीओहरुको बैठक बस्दै छ । बैठक शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्न लागिएको हो । 

बैठकमा उपत्यकामा जारी जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गरेर निर्णय लिने बताइएको छ । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । 

त्यस्तै शनिवार नेपाल र मौरिसस बीचको फुटबल प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको साथै  विद्यालय सञ्चालनको अनुमति दिन र रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति दिन स्थानीय प्रशासनलाई आग्रह गरेको हुनाले बैठकमा उक्त बिषयमा पनि छलफल गरिने बताइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts