गत २४ घन्टामा ८ हजार १७ जनामा कोरोना पुष्टि,थप १५ जनाको मृत्यु
काठमाडौं,१३ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २१ हजार ८ सय ८ कोरोना परीक्षण गरिएको छ । जसमा १५ हजार ७ सय ३६ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ हजार ८ सय १६ र ६ हजार ७२ एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ५ हजार २ सय ९२ जना स्वस्थ भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ।
गत २४ घन्टामा ५ लाख ५४ हजार ५ सय ६६ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् ।