डाक्टर साहमाथि आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग



Download our app to get more features

काठमाडौं,१३ माघ । सरकारी चिकित्सक संघ नेपालले डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।

बिहीबार संघले विज्ञप्ति जारी गर्दै जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ ।’ 

बुधबार जनमत पार्टीका कार्यकर्ताले अस्पतालको गाडीमा सवार रहेका साहमाथि आक्रमण गरेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts