भेरी अस्पतालमा कालिकोटकी महिलाको कोरोना संक्रमणबाट मृत्यु



Download our app to get more features

काठमाडौं, १३ माघ ।  बाँकेको भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ। पचालझरना–१ कालिकोट निवासी ६० वर्षीया महिलाको मृत्यु भएको हो।

नेपालगन्ज मेडिकल कलेजमा यही माघ ९ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि माघ १० गते भेरी अस्पतालमा भर्ना भएकी थिइन्। 

जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार महिलाको आज बिहान चार बजे बजे मृत्यु भएको हो। यसअघि बुधबार पनि दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो।

योसँगै जिल्ला बाहिरबाट उपचारका लागि बाँके आएका ४ सय ४० जनाको मृत्यु भएको छ।  बाँकेका मात्रै ३ सय ४६ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ। 

Last modified on 2022-01-27 11:40:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts