देशभर २० हजार बढी कोरोना परीक्षण गर्दा ८ हजार ४ सय ५४ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं,१२ माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट ५ जनाको  मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २० हजार ३ सय ५९ कोरोना परीक्षण गरिएको छ । जसमा १३ हजार ५ सय  ४९ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ७१ र ६ हजार ८ सय १० एन्टीजेन परीक्षण गर्दा २ हजार ८ सय ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये ४ हजार ४ सय ३२ जना स्वस्थ भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३१ हजार ७ सय १२ जना पुगेको छ। 

गत २४ घन्टामा २ लाख ५६ हजार ४ सय १६ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2022-01-27 11:40:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts