काठमाडौं उपत्यकाका १६ अस्पतालमा सिटामोल वितरण, कुन अस्पतालमा कति?
काठमाडौं, १२ माघ । सरकारले काठमाडौं उपत्यकाका विभिन्न १६ वटा अस्पतालमा सिटामोल वितरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिटामोलको अभाव नरहेको भन्दै उपत्यकाका त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भक्तपुर क्यान्सर अस्पतालसहित १६ अस्पतालमा ८८ हजार ट्याबलेट वितरण गरेको हो ।
मन्त्रालयले बजारमा सिटामोल अभाव भएको अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै औषधि सञ्चित नगरिदिन पनि भनेको छ ।
कुन अस्पतालमा कति ट्याबलेट वितरण गरियो ?
Last modified on 2022-01-26 16:36:31