केएमसी र नोबेललाई ठगी मुद्दामा कारबाही गर्न ८ विद्यार्थी संगठनको माग 



Download our app to get more features

काठमाडौं,११ माघ । काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न ८ विद्यार्थी संगठनले माग गरेका छन । 

मंगलबार काठमाडौँ प्रजिअलाई ज्ञापनपत्र बुझाउदै  ८ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दा चलाउन माग गरेका हुन्।

विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको शुल्क बुझाउँदा पनि यी मेडिकल कलेजहरुले एमबिबिएस, बिडिएस र बिएनएसका सन् २०२१ ब्याचका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको  र गैह्र कानुनी रुपमा अतिरिक्क्त शुल्क जम्मा गर्न लगाएको बताएका छन् ।

Last modified on 2022-01-26 09:41:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts