सुदूरपश्चिममा ४ जनामा ओमिक्रोन पुष्टि



Download our app to get more features

धनगढी,११ माघ । सुदूरपश्चिममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । प्रदेशका ४ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एकरएक जनामा संक्रमण पुष्टि भएको हो । 

कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले बताए । 

कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ।’ संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक हुन्।

Last modified on 2022-01-25 15:02:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts