कोरोनाको तेस्रो लहर तीन सातापछि क्रमश: घट्दै जाने अनुमान



Download our app to get more features

काठमाडौं, ११ माघ ।  कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण शुरु भएको महामारीको तेस्रो लहर तीन सातापछि क्रमशः मत्थर हुँदै जाने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ ।

ओमिक्रोन संक्रमण उच्च संक्रामक, मध्यम र न्यून गतिका साथ अगाडि बढ्दै जाने मन्त्रालयको अनुमान छ ।

बढ्दो संक्रमणले अस्पताल भर्ना हुनेको संख्यामा अप्रत्याशित वृद्धि नभए अहिले उपलब्ध स्वास्थ्य सेवा संरचना, पूर्वाधारले धान्ने अनुमान समेत मन्त्रालयको छ ।

संक्रमितको संख्या बढ्न सक्ने अनुमानका आधारमा तयारी भने भैरहेको मन्त्रालयको भनाइ छ ।

तेस्रो लहरमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ८२ हजार ५ सय ५० पुगेको छ । आईसीयूमा २ सय ३८ र भेन्टिलेटरमा ४३ जना छन् ।

कोभिड परीक्षण गराउनेमध्ये करिब आधामा संक्रमण देखिने गरेको छ । सक्रिय संक्रमितको झन्डै दुई तिहाइ काठमाडौं उपत्यकामै छन् ।

संक्रमण नियन्त्रणका लागि तीन–चार साता सबैले स्वास्थ्य सुरक्षा उपायमा थप कडाइ गर्नुपर्ने सुझाव मन्त्रालयको छ । संक्रमण तीव्र भए पनि अस्पतालमा चाप कम भएकाले लकडाउनलगायत कडा कदम चाल्ने तयारी सरकारले गरेको छैन ।

Last modified on 2022-01-25 13:47:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts