देशभर २१ हजार बढी कोरोना परीक्षण गर्दा १० हजार ३ सय १९ संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं,१० माघ । नेपालमा गत २४ घन्टामा कोरोनाबाट ४ जनाको  मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार गत २४ घन्टामा २१ हजार २ सय १ कोरोना परीक्षण गरिएको छ । जसमा १६ हजार ६ सय  ५४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ हजार ५ सय ४० जना स्वस्थ भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २४ हजार २ सय ३९ जना पुगेको छ। 

गत २४ घन्टामा ४९ हजार ४ सय ७३ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन् । 

Last modified on 2022-01-25 10:37:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts