चितवनमा एकैदिन ५ सय ८३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३४ सय नजिक



Download our app to get more features

चितवन, १० माघ । चितवनमा पछिल्लो २४ घण्टामा ५ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

आरटिपिसिआर प्रविधिबाट परीक्षण गराएका ३ सय ४६ जना र एन्टिजिन परीक्षणबाट २ सय ३७ जना गरी पछिल्लो २४ घण्टामा ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

योसँगै सोमबार दिउँसोसम्म जिल्लाभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९० पुगेको छ । जसमध्ये ३ हजार ३ सय ४९ जना होम आइसोलेसन र ४१ जना अस्पताल भर्ना भई उपचाररत रहेका छन् ।

त्यस्तै, जिल्लाभर कोरोना संक्रमित हुनेको कुल संख्या बढेर ३० हजार ८ सय २२ पुगेको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म २६ हजार ९ सय ९४ जना कोरोना भाइरस संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ३८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Last modified on 2022-01-24 16:07:01

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts