मंगलबारदेखि नेपाल चिकित्सक संघले कोभिड कल सेन्टर सञ्चालन गर्ने
काठमाडौं,१० माघ । नेपाल चिकित्सक संघले मंगलबारदेखि कोभिड कल सेन्टर सञ्चालन गर्ने भएको छ ।
संघले सोमबार एक सूचना जारी गर्दै कोभिड–१९ को तेस्रो लहरको सामना गर्नका लागि कोभिड कल सेन्टर सञ्चालन गर्न लागिएको जनाएको हो ।
संघको केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग काठमाडौं, अमेरिका नेपाल मेडिकल फाउण्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा ११५६ नम्बरको कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो।
सूचनामा कल सेन्टर विहान ८ बजेदेखि बेलुका ८ बजे सम्म सञ्चालन हुने उल्लेख गरिएको छ । कोभिड–१९ बाट सर्वसाधारण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्या भएमा ११५६ नम्बरको कल सेन्टरमा सम्र्पक गर्न सकिने संघले जनाएको छ।