महामारीमा सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद् : जनस्वास्थ्य विद्यार्थी संघ



Download our app to get more features

काठमाडौं,१० माघ । नेपाल जनस्वास्थ्य विद्यार्थी संघले सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको जनाएको छ। 

सोमबार संघले विज्ञप्ति जारी गदै कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुखद रहेको बताएको हो । 

कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ। तर यस्तो समयमा समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका महासचिव अमृत बिष्ट र  अध्यक्ष सुमित बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts