सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु
धनगढी, १० माघ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको आज बिहान ४ बजे मृत्यु भएको हो।
उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
Last modified on 2022-01-24 10:12:01