चीनमा स्वास्थ्य उपचार गराएर माओवादी नेता पुन आज स्वदेश फर्कदै
काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन आज स्वदेश फर्कदै छन् ।
पूर्व सभामुखसमेत रहनुभएका ओनसरी घर्तीका साथ उनी चीनमा स्वास्थ्य उपचारपश्चात आज बेलुका चार्टर विमानमार्फत नेपाल आउन लागेका हुन् ।
सुरुमा बैङ्कक र त्यसपछि चीनमा उपचार गराउनुभएका पुनले पूर्णस्वास्थ्यलाभ गरी आज स्वदेश फर्किन लागेको बताइएको छ ।
नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैङ्कक गएका थिए ।
बैङ्ककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मङ्सीरमा उहाँलाई चीन लगिएको थियो ।
हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।