नेपालमा थप २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि
काठमाडौं,९ माघ । नेपालमा थप २८ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याका अनुसार देशभरबाट संकलित ३२ वटा नमुनामा जिन सिक्वेन्सिङ गरिएको मध्ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।
यसले नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण भएको मन्त्रालयले जनाएको छ । विश्वमा जस्तै नेपालमा पनि कोरोनाको डेल्टा भेरिएन्टलाई ओमिक्रोनले प्रतिस्थापन गरेको हुँदा स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
Last modified on 2022-01-24 10:29:06