कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामा एकजनाको मृत्यु



Download our app to get more features

धनगढी,९ माघ ।  कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एकजनाको मृत्युु भएको छ। 

आइतबार दिउँसो कैलारी गाउँपालिका–४ को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौराको मृत्युु भएको हो ।

उनको शव आधारभुुत स्वास्थ्य केन्द्रमा राखिएको वडाध्यक्ष भिखराम चौधरीले बताए । अहिले स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबीच छलफल भइरहेको छ । मृत्युुको कारण भने खुल्न नसकेको उनले बताए ।

Last modified on 2022-01-23 16:52:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts