संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला
काठमाडौं,९ माघ । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी)मा तालाबन्दी गरेको छन् ।
कलेजले चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै उनीहरुले ताला लगाएका हुन ।
आइतबार संयुक्त विद्यार्थी संगठनले विज्ञप्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्दै तालालबन्दी गरेको जनाएको छ ।
संगठनले विद्यार्थीहरुको मागको सम्बोधन नभए आन्दोलनले नै गर्ने चेतावनी समेत दिएका छन ।
यस्तै सबै मेडिकल कजेलहरुको पठनपाठन सहज नबनेसम्म काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजको भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्न संयुक्त विलार्थी संगठनले माग गरेको छ ।
Last modified on 2022-01-23 16:11:09