दाङमा कोरोना संक्रमणको दर उच्च
दाङ,९ माघ । दाङमा कोरोना संक्रमणको दर उच्च बन्दै गइरहेको छ ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले कोरोना संक्रमण हुने दर उच्च रहेको बताउदै लकडाउन अनिवार्य गर्नु पर्ने बताएका हुन ।
शाहीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ९ देखि ११ दिनसम्म अनिवार्य लकडाउन गर्न सरकारलाई आग्रह पनि गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेपनी त्यसको कार्यन्वयन हुन सकेको छैन । जसका कारण दाङमा कोराना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ ।