नेपालमा थप १० हजार २५४ जनामा संक्रमण पुष्टि, १६ जनाकाे मृत्यु
काठमाडौं, ८ माघ । गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१४ हजार ४६२ जनाको पिसिआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
शनिबार निकाे हुनेकाे संख्या ७०८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या १६ रहेकाे छ।
हालसम्म संक्रमितकाे संख्या पिसिआर परीक्षणबाट ९ लाख ४ हजार ७९६ र एन्टिजेन परीक्षणबाट १ लाख १२ हजार ४९ रहेकाे छ।
हालसम्म निकाे हुनेकाे कूल संख्या ८ लाख २० हजार २८३ पुगेकाे छ। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ६५१ रहेकाे छ। नेपालमा हाल ७२ हजार ८६२ जना सक्रिय संक्रमित छन्।
Last modified on 2022-01-23 11:42:15