उपचार सकेर वर्षमान पुन चीनबाट सोमबार फर्कने



Download our app to get more features

काठमाडौं, ८ माघ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन उपचार सकेर पर्सि सोमबार स्वदेश फर्किने भएको छ।

चीनको लामो उपचारपछि नेता पुन नेपाल फर्किन लागेको शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्। 

नेता पुनले लेखेका छन्, ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु।’​

जण्डिसको समस्या बढेपछि असोज १३ गते उपचारका लागि थाइल्याण्डमा पुगेका पुन मंसिर २० गते थप उपचारका लागि चीन गएका थिए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts