सेती अस्पतालले माग्यो डाक्टर र कर्मचारी
धनगढी, ८ माघ । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले डाक्टर र कर्मचारी माग गरेको छ।
करार सेवामा ७ जनालाई भर्ना गर्नका लागि अस्पतालले सुचना जारी गरेको हो।
एकजना गाइनोकोलोजिष्ट (नवौं तह), एकजना पेडियाट्रिसियन, एकजना एनेष्थेसियोलोजिष्ट, एकजना रेडियोलोजिष्ट, दुई जना मेडिकल अधिकृत र एकजना इलेक्ट्रिकल इन्जिनियर भर्ना गर्नका लागि सूचना जारी गरिएको हो।
अन्तर्वार्तामार्फत कर्मचारी छनोट गरिने अस्पतालले जनाएको छ।
Last modified on 2022-01-22 11:51:34