कोरोना सावधानीः ‘एक बिरामी एक कुरुवा अभियान’, पास अनिवार्य



Download our app to get more features

चितवन, ८ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले ‘एक बिरामी एक कुरुवा अभियान’ चलाएको छ । कोरोना संक्रमण बढेसँगै अझै फैलन सक्ने जोखिम कम गर्न भन्दै एक बिरामीसँग एक जना मात्रै कुरुवा हुने गरी पास अनिवार्य गरिएको हो । 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै अस्पतालले स्वास्थ्य सावधानी बढाउन, एक बिरामीसँग एक कुरुवा रहन र अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ ।

अस्पताल प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै अस्पतालमा भीडभाड हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै सो अपिल गरेको हो ।

सूचनामा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमणको अनुपात दिन प्रतिदिन बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाइ भएको समेत जनाइएको छ ।

अस्पतालले एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ । पास बिना कुनै पनि व्यक्तिलाई अस्पतालको भर्ना बिरामी राख्ने विभागमा प्रवेश गर्न रोक लगाईएको जनाएको छ । 

अहिले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै अस्पतालले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । बिरामी कुरूवाले अस्पतालमा रहदा सही तरीकाले मास्क लगाउन, दुई मिटरको भौतिक दूरी कायम राख्ने, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले बेला बेलामा हात धुने जस्ता जनस्वास्थ्यका नियमहरू राम्रोसँग पालना गर्न समेत भरतपुर अस्पतालको अनुरोध छ ।

Last modified on 2022-01-23 07:09:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts